'छैठौें नेपाल एग्रीटेक' माघ १२ देखि

काठमाडौं- कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन प्रालि, फूचरेक्स टेड फेयर तथा इभेन्ट तथा एक्जिभिसन एण्ड टेड सर्भिसेस इण्डिया प्रालिले संयुक्त रूपमा कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी “छैठौें नेपाल एग्रीटेक” आयोजना गर्ने भएका छन्।
माघ १२ देखि १४ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरू रहने छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले उद्घाटन गर्ने प्रर्दशनीलाई सफल बनाउन प्रबर्द्धनको भूमिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेका छन्।
उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु कुखुरा पालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केरा खेती, थोपा सिँचाई, बिषादी रहित कृषि इत्यादिका बारेमा जानकारी प्राप्त गर्न सकिने छ।
उक्त प्रर्दशनीमा देशभरबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरूले प्रर्दशनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकले विश्वास लिएको छ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया