मिसन ८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्छ : ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् ।
पार्टी निकट जनसंगठन नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो संज्ञा दिएका हुन् ।
अध्यक्ष ओलीले सरकार बुख्याचा भएकाले केही गर्न नसक्ने बताए । यस्तै उनले एमालेविरोधीहरू एक्लै भिड्न नसक्ने अवस्थामा पुगेको पनि बताए ।
‘हामी मिसन ८४ मा छौं । हाम्रा विरोधीहरू एक्लै लड्छौँ भन्ने आँट नै गर्दैनन्, हामीमात्रै हौं एक्लै लड्छौँ भन्ने । हामी लड्यौं तर उनीहरूले स–साना अंक जोडेर सरकार बनाएका छन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘त्यो सरकार तरकारी बारीको बुख्याचाजस्तो छ । केही गर्ने होइन । अहिले त त्यसका टाउकामा सुँगा पनि बस्छ, काग पनि । सबैले चिनिसके यो बुख्याचा हो केही गर्न सक्दैन भन्ने । बुख्याचा मात्रै होइन, निकम्मा पनि छ ।’
अध्यक्ष ओलीले सरकार भ्रष्टाचार, तस्करी, कममिसनखोरीको संरक्षक बनेको तथ्य पनि राख्न अनुरोधसमेत गरेका छन् । उनले विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रिन तयार रहन पनि निर्देशन दिए ।
‘यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ ?,’ ओलीले भने, ‘उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभीपापीहरू नभत्किन सक्छन् । यीनिहरूको घाँटी एकैठाउँमा जोडिएको छ । त्यसैले हामी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ । त्यसअघि हामीले आफूलाई संगठित गर्नुपर्छ ।’
उनले एमालेमाथि प्रहार गर्नसक्ने अवस्था भएकाले आफूहरू निर्णायक लडाइँमा रहेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया