भारतको मणिपुरमा फेरि हिंसा भड्कियो, तीन सुरक्षाकर्मीसहित आठ जनाको मृत्यु

काठमाडौँ - भारतको मणिपुरमा पुनः हिंसा सुरु भएको छ । बिहीबार र बुधबार राति भएको हिंसामा पाँच सर्वसाधारण र तीन सैनिकको मृत्यु भएको छ ।
त्यसको एक दिनअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।
दुई दिने हिंसामा आठ जनाको मृत्यु भएको छ ।
बिहीबार राज्यका धेरै ठाउँमा हिंसात्मक प्रदर्शन भएको थियो। मणिपुरमा विगत आठ महिनादेखि जारी हिंसा रोकिने संकेत देखिएको छैन ।
बिहीबार मणिपुर प्रहरीले जानकारी दिँदै ट्विट गरेको छ- “जनवरी १८ मा विष्णुपुर जिल्लाको निङ्थौखोङ खा खुनोमा अज्ञात सशस्त्र चरमपन्थीहरूले चार सर्वसाधारणको हत्या गरेका थिए। घटनाको अनुसन्धान जारी रहेको र दोषीलाई पक्राउ गर्ने प्रयास भइरहेको छ ।"
यो ट्विटको केही समयपछि मणिपुर प्रहरीले अर्का नागरिकको हत्या भएको जनाएको छ ।
यसअघि १७ जनवरीमा प्रहरीले चरमपन्थीहरूले योजनाबमोजिम सुरक्षा बलहरूमाथि आक्रमण गरेको जनाएको थियो । जसमा मणिपुर राइफल्सका एक जवान, मणिपुर पुलिसको आईआरबी फोर्सका एक जवान र अर्का एक जवानसहित कुल तीन सुरक्षाकर्मीहरू मारिएका थिए।
गत वर्ष मे महिनादेखि मणिपुरमा बहुसंख्यक मेइती समुदाय र आदिवासी कुकी-जो समुदायबीच जातीय हिंसा भइरहेको छ।
पछिल्लो आठ महिनामा कम्तीमा २०० जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया