माल्दिभ्सले आफ्नो सैनिक लैजान भनेपछि भारतले भन्यो- 'माल्दिभ्ससँग विकास एजेण्डामा प्रतिबद्ध छौ'

काठमाडौँ - भारतीय विदेश मन्त्रालयले माल्दिभ्ससँग आफ्नो विकास एजेण्डा अगाडि बढाउन प्रतिबद्ध रहेको बताएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यस्तो बताएको बीबीसीले जनाएको छ । भारत र माल्दिभ्सबीच तनाव बढिरहेको समयमा जैसवालको यस्तो भनाइ आएको हो । माल्दिभ्सले भारतीय सैनिकलाई मार्च १५ सम्म माल्दिभ्स छोड्नुपर्ने बताएको थियो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा जैसवालले भने, ‘माल्दिभ्सको विकासमा सहयोग गर्न साझेदारको हैसियतमा हामी जे गर्न सक्छौँ त्यो गर्नेछौँ ।'
माल्दिभ्सले भारतीय सैनिकलाई देश छाड्ने समयसीमा दिएकोमा उनले भारत र माल्दिभ्सबीचको कोर ग्रुपको दोस्रो बैठकमा यो विषयमा छलफल हुने बताए ।
जनवरी १४ मा भारत र माल्दिभ्सबीच कोर ग्रुपको बैठक भएको थियो ।
भेटमा माल्दिभ्समा तैनाथ भारतीय सैनिकको विषयमा छलफल भएको थियो । भारतले माल्दिभ्सलाई दिएको जहाजको मर्मत सम्भार र हेरचाहका लागि यी सैनिकलाई खटाइएको थियो ।
जैसवालले भने 'दुवै पक्षबीच वार्ता भइरहेको छ र हाम्रा सैनिकहरूले भारतीय उड्डयन प्लेटफर्मको सञ्चालनलाई निरन्तरता दिन र माल्दिभ्सका जनतालाई मानवीय सहायता उपलब्ध गराउने गरी व्यवहारिक समाधान खोज्ने प्रयास भइरहेको छ।'
कोर ग्रुपको अर्को बैठक भारतमा हुनेछ र त्यसमा हामी यो वार्तालाई अगाडि बढाउँछौं।
यद्यपि यो बैठक कहिले बस्ने भन्ने बारे भने कुनै जानकारी दिइएको छैन ।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया