इरान-पाकिस्तान तनावः ११ सर्वसाधारणको मृत्यु, दुई छिमेकीबीचको सम्बन्ध जटिल बन्दै

काठमाडौँ - इरान र पाकिस्तानले यस हप्ता एक अर्काको क्षेत्रमा हवाई आक्रमण गर्दा कम्तीमा ११ व्यक्ति मारिएका छन् । यी आक्रमणले दुई छिमेकीबीचको सम्बन्धलाई थप जटिल बनाएको छ ।
इरान र पाकिस्तानको सीमामा विद्रोही समूहको उपस्थितिका कारण दुई देशबीचको सम्बन्धमा तनाव छ ।
मंगलबार इरानले पाकिस्तानमा रहेको सुन्नी चरमपन्थी संगठनको अखडामा आक्रमण गरेको थियो भने बिहीबार पाकिस्तानले इरानभित्रै जवाफी कारबाही गरेको थियो ।
दुवैले आतंककारी समूहमाथि आक्रमण गरेको तर, त्यहाँका सर्वसाधारणमाथि आक्रमण नगरेको बताएका छन् ।
इरान र पाकिस्तानको सीमा क्षेत्रमा सक्रिय सशस्त्र विद्रोही समूहहरू बलुचहरूका लागि स्वतन्त्र बलुचिस्तान देश चाहन्छन्। बलुचिस्तान क्षेत्र पाकिस्तान, इरान र अफगानिस्तान तीन देशमा पर्छ।
इरान र पाकिस्तानले आफ्नो क्षेत्रमा विद्रोही समूहमाथि आक्रमण गर्नुको सट्टा एकअर्काको क्षेत्रमा आक्रमण गरेका छन् । यसले दुई देशबीचको वैमनस्य बढाउने निश्चित छ ।
इरान र पाकिस्तानबीच नौ सय किलोमिटर लामो सीमाना छ। सीमा क्षेत्रमा सरकारको उपस्थिति छैन । तस्कर र चरमपन्थी खुलेआम घुमिरहेका हुन्छन् ।
दुवै देशले एकअर्कालाई विद्रोही समूहहरूलाई सहयोग गरेको वा उनीहरूप्रति उदार मनोवृत्ति रहेको विश्वास गर्छन्।
जैश अल-अदल सुन्नी पृथकतावादी समूह हो र इरानले मंगलबार यस समूह लुकेको ठाउँलाई निशाना बनाएको थियो। यो संगठन पाकिस्तानबाट सञ्चालन हुने र इरानी सुरक्षा बलमाथि आक्रमण गर्ने विश्वास गरिन्छ।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया