माउण्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री

काठमाडौँ- जहिले पनि सामान्यको घेरा तोडेर उल्लेखनीय सफलता हासिल गर्न उत्प्रेरित गर्दै आएको ब्राण्ड माउण्टेन ड्यु, सफल आरोही गेल्जे शेर्पाको साथमा चो यु हिमाल (८,१८८ मिटर) आरोहण गर्ने उनको सपनालाई साकार पार्ने अभियानमा जुटेको छ । अधिक उचाईको हिमाली बाघको रुपमा समेत परिचित गेल्जे शेर्पा एक व्यावसायिक हिमाल आरोही एवं पथ प्रदर्शक हुन्, जसले ८००० मिटर उचाईका धेरै चुचुराहरू आरोहण गर्ने अभियानको पथ प्रदर्शक भएर काम गरिसकेका छन् ।
२०१९ को प्रोजेक्ट पोसिबल टिमको उनी एक सदस्य पनि थिए, जसले नेपाली शेर्पा समुदायलाई गौरव र पहिचान दिलाएको थियो । गेल्जे शेर्पाले 'डेथ जोन'को नामबाट परिचित सगरमाथाको एक क्षेत्रबाट सन् २०२३ मा आफ्नो ज्यान हत्केलामा राख्दै अदम्य साहस, करूणा र बहादुरीका साथ उद्धार गरेर एक पर्वतारोहीको जीवन बचाएका थिए । आफ्नो हिम्मत र वीरता प्रदर्शन गरेर माउण्टेन ड्युको नारा 'डरको अगाडी जित छ' जसरी उनले डरको सामना गरेका थिए, त्यसको लागि सम्मान दिँदै गेल्जे शेर्पालाई उनको यात्रामा माउण्टने ड्युले निरन्तर साथ दिने जनाएको छ ।
इच्छा, आकांक्षाहरूलाई वास्तविकतामा रुपान्तरण गर्ने र सीमितताका परिधिहरू तोड्नेहरूलाई उत्सवको रुपमा मनाउने ब्राण्डको प्रतिबद्धताले गेल्जे शेर्पाको सपना साकार बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ । माउण्टेन ड्युले नेपालबाट माउण्टेन चो यु आरोहण गर्ने गेल्जे शेर्पाको आरोहण अभियान २०२५ लाई सघाउने भएको छ ।
गेल्जेले नयाँ उचाईहरू माथि जित हासिल गर्ने र नेपालका शेर्पाहरूलाई पहिचान दिलाउने लक्ष्य राखेका छन्, उनको यो लक्ष्यमा माउण्टेन ड्यु एक भरपर्दो सहयोगीको रुपमा उभिएर आकांक्षाहरूलाई उल्लेखनीय उपलब्धिमा रुपान्तरण गर्न उनलाई साथ दिने तथा शक्ति, सामर्थ र बहादुरीको पर्याय नेपाली शेर्पा समुदायलाई अझ फैलाउनमा मद्दत गर्न अग्रसर भएको छ ।
'एक साहसी शेर्पा गेल्जे, जसले सगरमाथा र अनगिन्ती अन्य आरोहणहरूमा प्रदर्शन गरेको वीरतापूर्ण कार्यको कारण विश्वभर ख्याति कमाउनु भएको छ, उहाँसँग उभिन पाउँदा हामी अत्यन्त उत्साहित भएका छौँ । गेल्जे जीको अतुलनीय बहादुरीलाई दर्शाउने डेथ जोनबाट एक पर्वतारोहीको वीरतापूर्वक गरिएको उद्धार कार्य, वास्तवमै माउण्टेन ड्युको भावनासँग पूर्णत मेल खान्छ' पेप्सीको नेपालका एसोशिएट निर्देशक अनुज गोयलले भने 'गेल्जे शेर्पाको आरोहण अभियान २०२५ लाई सक्रिय रुपमा हामीले साथ दिँदैछौँ र यो अभियानमा हामी एक पर्वतारोहीलाई साथ मात्र दिइरहेका छैनौँ, हामी अदम्य साहस, बहादुरी र बलियो जोशको प्रत्यक्षदर्शी पनि बनिरहेका छौं । उहाँको आरोहण यात्राले माउण्टेन ड्युले लिएको सीमाहरू तोड्ने र उल्लेखनीय सफलता हासिल गर्ने नाराको मर्म “किनभनें डरको अगाडी जित छ” लाई प्रतिबिम्बित गरेको छ ।'
आरोही गेल्जे शेर्पाले भने 'म माउण्टेन ड्यु, एक त्यस्तो ब्राण्ड जसले सपनाहरूमाथि जित हासिल गर्न अदम्य साहस प्रदान गर्दछ, त्यस्तो ब्राण्डबाट प्राप्त हुने निरन्तर साथको लागि आभारी छु । मेरो तर्फबाट माउण्टेन ड्युको साथमा म मेरो सपनालाई साकार पार्दैछु, र यो मेरो लागि मात्र होइन नेपाली समुदायको गौरवको लागि पनि हो । हिमालमा हाम्रो शक्ति र सामर्थ्यलाई दर्साउने हामी शेर्पाहरूको लागि एक महत्वपूर्ण यो एक उल्लेखनीय उपलब्धि हो ।'

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_OZdVhes5UJ_klohapahpjwlsnmh5zrvsgoer6t2rgnmztkwvllxglxczpxqgamsocidzxow.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया