राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणमा बजेटको कमी हुन दिन्नँ : मन्त्री बस्नेत

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणमा बजेटको कमी हुन नदिने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले विभिन्न सिँचाइ आयोजनाहरू लामो समयदेखि निर्माणाधीन रहेको भन्दै उक्त आयोजनाहरूलाई बजेटको कमी हुन नदिने बताएका हुन् ।
सिँचाइ आयोजना निर्माणलाई निरन्तरता दिइएको र पूर्ण रूपमा सम्पन्न नभए पनि जनताले भने त्यसबाट लाभ लिइरहेको उनले बताए । मन्त्री बस्नेतले राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणमा केही ढिलाइ भएकाले समय तोकेरै सम्पन्न गर्ने गरी काम अघि बढेको धारणा राखे ।
त्यस्तै उनले सुख्खायाममा विद्युतको आयात घटाउन उत्पादन बढाउनुपर्ने र जलाशययुक्त आयोजनाहरूमा ध्यान दिनुपर्ने बताए । जलाशाययुक्त आयोजनाहरू निर्माण गर्दा लागत महंगो हुन जाने र नाफा पनि कम हुने भएकाले त्यस्ता आयोजनामा लगानी आकर्षित गर्न नसकिएको मन्त्री बस्नेतको भनाइ छ ।
समिति सभापति दिलकुमारी रावलले राष्ट्रिय गौरवका आयोजनामा बजेटको कमी हुन नदिने प्रतिबद्धता सरकारबाट आए पनि बजेट अभावको गुनासो आउने गरेकाले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने बताइन् ।

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

प्रतिक्रिया