फुटबलको 'म्यानेजर' र 'कोच' मा के फरक छ ?
काठमाडौँ- फुटबलमा 'म्यानेजर' अर्थात प्रबन्धक तथा 'हेड कोच' अर्थात मुख्य प्रशिक्षक फरक जिम्मेवारी भएका अति आवश्यक व्यक्ति हुन् ।
केही क्लबले कोच नियुक्त गर्छन् जसले खेलको 'टेक्निकल' अर्थात प्राविधिक र 'ट्याक्टिकल' अर्थात रणनीतिक भागमा बढी ध्यान केन्द्रित गर्छन् र खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने भन्ने सुनिश्चित गर्छन् ।
अर्कोतर्फ अरूले म्यानेजर नियुक्त गर्छन् जसको मुख्य काम भनेको क्लब अथवा राष्ट्रिय टिम सञ्चालन गर्ने हुन्छ ।
तर, प्रत्येक टिमले भने पद र भूमिका बीचको भिन्नता नेतृत्वले आफ्नो जिम्मेवारी र ध्यान कसरी दिन्छन् भन्ने कुरालाई आफ्नै तरिकाले व्याख्या गरेका हुन्छन् ।
खासमा टिमको कार्य विवरणमा निर्भर भएर म्यानेजरले कोचको केही कामको जिम्मेवारी लिन सक्छन् भने कोचले पनि म्यानेजरको केही कामको जिम्मेवारी लिन सक्छन् ।
यूइएफएका लागि फुटबल कोच पेड्रो मेन्डोन्काका अनुसार यी दुई पदबीच कैँयौँ भिन्नता पाउन सकिन्छ ।
पेड्रोका अनुसार हेड कोचको मुख्य ध्यान सधैं टोलीमा हुने तथा खेलका क्रममा खेलको रणनीतिक र प्राविधिक पक्षहरू विकास गर्ने हुन्छ । कोचले विपक्षी टिमको प्रशिक्षण रणनीति र अध्ययनको विकास गर्दै खेल कसरी जित्ने भन्नेमा बढी ध्यान केन्द्रित हुने उनी बताउँछन् ।
पेड्रोले भनेअनुसार म्यानेजर टोलीको विकासमा बढी केन्द्रित हुने तथा अभ्यासमा ध्यान दिनुका साथै खेलाडी खोज्ने तथा खेलाडीहरूसँग छलफल गर्नु हो । उनका अनुसार म्यानेजरको भूमिका कोच भन्दा फराकिलो हुन्छ ।
उनीहरुको कामबीचको भिन्नता निकै महत्वपूर्ण छ । उदाहरणका लागि यूरोपभित्रै म्यानेजर र हेड कोचको भूमिका दिन प्रतिदिन फरक हुँदै गएको छ । जस्तै स्पेनिस फुटबल क्लब रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले 'ट्रान्फर पोलिसी' अर्थात खेलाडी भित्र्याउने तथा बेच्ने कामको जिम्मेवारी लिएका छन् । जसका कारण कोचको केही जिम्मेवारी कम हुन्छ र उनले रणनीतिमा ध्यान दिन सक्छन् ।
अर्कोतर्फ, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व म्यानेजर सर एलेक्स फर्गुसनले क्लबको सम्पूर्ण जिम्मेवारी लिएका थिए । उनले क्लब व्यवस्थापनदेखि मैदानमा अपनाउने रणनीति सबै आफैले हेर्ने गरेका थिए ।
अनुभव बटुल्दै तथा उमेर बढ्दै जाँदा कोच स्वाभाविक रूपमा म्यानेजरको भूमिकामा देखिन खोज्छन् तथा क्लबको सम्पूर्ण जिम्मेवारी लिनेतर्फ बढी ध्यान दिन्छन् ।
पेड्रोका अनुसार हेड कोचजस्तै सबै कोचले अभ्यास गराएरै सुरुवात गरेपनि अन्त्यमा म्यानेजर बन्छन् । जस्तै जोश मोउरिन्हो, उनी सुरुमा टिमको वार्म-अप तथा मुख्य विषयहरूमा बढी केन्द्रित थिए । तर आफूलाई विकास गर्दै मोउरिन्होले थप भूमिका निर्वाह गर्न थालेको पेड्रोको भनाइ छ ।
कोच हुँदै म्यानेजर बनेपछि अभ्यासमा मात्र केन्द्रित भएको भूमिका पनि बढ्दै गएर ट्रान्फर र छलफल/वार्ता गर्ने सम्म पुग्छ ।
आधुनिक फुटबलमा म्यानेजरको भूमिका क्लबको आर्थिक अवस्थालाई ध्यान दिनेसम्म पुग्दै गएको छ । जर्मन क्लब रेड बुल लेइपजिग यस्तै खाले नेतृत्वको संरचनालाई अपनाएको देखिन्छ । लेइपजिगमा सफल म्यानेजर खेलकुद निर्देशक बनेको उदाहरण छ । सो कमदले जिम्मेवारीहरूको प्रत्यायोजन र नयाँ दृष्टिकोणको परिचयको लागि अवसर पमेत प्रदान गरेको छ । क्लब भित्रको यो नयाँ रणनीतिक दृष्टिकोणले मैदानमा निरन्तर सफलता समेत दिलाएको छ ।
जर्मन फुटबल विश्लेषक जास्मिन बाबाका अनुसार रेड बुलको संरचनाले फुटबलको रणनीतिमा ठूलै प्रभाव पारेको छ । रेड बुलमा छुट्टै तरिकाले फुटबल खेल हुने गरेको तथा अन्य कैँयौँ प्रशिक्षकहरुले रेड बुलको अवधारणा र दर्शन अपनाउन खोजेको जास्मिन बताउँछिन् ।
जास्मिनका अनुसार 'रेड बुल' को अवधारणा अहिले निकै सक्रिय तथा दवावपूर्ण फुटबलको लागि परिचित छ । 'उनीहरु धेरै छिटो ट्रान्जिसनहरू प्रयोग गर्छन् । उनीहरू डिफेन्सबाट अट्याक, अट्याकबाट डिफेन्समा जान्छन् । यो धेरै रमाइलो छ,' जस्मिन थप्छिन् ।
फुटबल नेतृत्वको भविष्य यस्तै सहयोगी र अनुकूलपूर्ण व्यवस्थापन शैलीको पक्षमा देखिन्छ । एन्डी मङ्गन, पूर्व ब्रिस्टल रोभर्स अन्तरिम प्रबन्धक, का अनुसार यस प्रकारको रूपान्तरण आधुनिक फुटबल सँगसँगै जानेछ ।
एन्डीका अनुसार फुटबल परिवर्तन भइसकेको छ र यसमा स्पोर्ट्स साइन्स डिपार्टमेन्ट, न्यूट्रिसनिस्ट्स र एनालाइटिकल डिपार्टमेन्ट पनि थपिएको छ ।
व्यवसाय बाहेका फुटबलमा म्यानेजर, डिरेक्टर, स्पोर्टस साइन्स, ट्रेनर तथा एनालाइसिस पनि थपिदै गएको छ । फुटबलका नेतृत्वकर्ताले यी सबै परिवर्तनसँग घुलमिल हुँदै गएका छन् र यसले फुटबलको भविष्यलाई नै प्रभाव पार्नेछ ।
(यूरोन्यूजका लागि मोहम्मद इलासीले तयार पारेको आलेखलाई इकागजका सञ्जीव शाहले भावानुवाद गरेका हुन्)

युद्धको भग्नावशेषलाई खेलमैदानमा परिणत गर्दै स्पाइडर्स पार्कोर समूह

झाडीले भरिएको बगर बन्यो खेलमैदान

मेस्सीको मियामी प्रवेश, सिटीको 'ट्रेबल' तथा जोकोभिचले कीर्तिमान कायम गरेको व…

क्रिकेटः भारत र पाकिस्तानसँग ऐतिहासिक खेल, विश्व कीर्तिमान र विश्वकप छनोट

यू-१९ एसिया कपः नेपालका लागि इतिहास दोहर्याउँदै विश्वकपको तयारी गर्ने अवसर

क्रिकेटर भीम सार्की : जसलाई बुबाले अधियाँ कमाएर हुर्काएका थिए

प्रशिक्षक देशाई भन्छन्, ‘हाम्रा केही खेलाडीले यी ‘टप-लेभल’ क्रिकेटरलाई टिभीमा …

प्रतिक्रिया