इरानसँगको सीमा क्षेत्रमा द्वन्द्व भएपछि पाकिस्तानी प्रधानमन्त्रीले डाके आपतकालीन सुरक्षा बैठक

पाकिस्तान- इरानसँगको सीमा क्षेत्रमा विवादपछि आपतकालीन सुरक्षा बैठक पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक काकरले हालै इरानी क्षेत्रमा ‘आतङ्कवादविरूद्ध’ को लक्ष्यमा हवाई आक्रमणपछि शुक्रबार सेना र गुप्तचर प्रमुखसँग आपतकालीन सुरक्षा बैठक बोलाएका छन् ।
दुई देशबीचको साझा सीमा क्षेत्र बलुचिस्तानमा भएको दुर्लभ सैन्य कारबाहीले इजरायल–हमास युद्धका कारण उत्पन्न क्षेत्रीय तनावलाई थप बढावा दिएको छ । इरानले मङ्गलबार राति पाकिस्तानमा रहेको ‘आतङ्कवादी’ लक्ष्यमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको बताएको थियो भने पाकिस्तानले बिहीबार इरानभित्र रहेका लडाकू लक्षित गरी आक्रमण गरेको बताएको थियो ।
यसैबचि दुई आयाविक शक्तिराष्ट्रमा भएको तनावपछि संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकाले संयमका लागि अपिल गरेका छन् भने चीनले दुई देशबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको छ । 'प्रधानमन्त्रीले आज बस्ने भनिएको राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ,' प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले एएफपीलाई भने ।
इस्लामाबादका सुरक्षा अधिकारीका अनुसार सेनाप्रमुख र गुप्तचर निकायका प्रमुख मध्याह्नको बैठकमा सहभागी हुनेछन् । विवादका कारण पाकिस्तानी प्रधानमन्त्री काकरले स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको आफ्नो भ्रमण छोट्याएका छन् ।
उनको कामचलाउ सरकारले पाकिस्तानमा आम निर्वाचनको नेतृत्व गरिरहेको छ जुन केवल तीन हप्ता मात्र बाँकी छ र चुनाव पूर्व नै निर्वाचन स्वच्छ तथा स्वतनत्ररूपमा सम्पन्न हुनेमा आशङ्का व्यक्त गरिएको छ ।- रासस

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया