चीनमा कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठको मृत्यु

हरबिन : चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा ग्यासको विस्फोट हुँदा कम्तीमा आठजना सम्पर्कबिहीन भएका स्थानीय अधिकारीले शनिबार बताएका छन् ।
बिस्फोटपछि उनीहरूलाई जीबितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहरूले बताएका छन् ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत गरी ज्यासी शहरको कोइलाखानीमा लङ्मे माइनिङ होल्डिंग ग्रुप कम्पनी लिमिटेडद्वारा संचालित कोइला खानीमा शनिबार दिउसो १२ः०७ मा दुर्घटना भएको जनाएको छ ।
उद्धारकर्मीहरूले वेपत्ता श्रमिकहरूको खोजी र उद्धार प्रयासहरू गरिरहेको तर आइतबार साँझसम्म उनीहरूको अवस्था थाहा हुन नसकेको बताएका छन् । (एएनआई)

पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

प्रतिक्रिया