गायिका संगम लामिछानेको ‘ए गौरी’ को भिडियो सार्वजनिक

काठमाडौंँ- चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछानेको स्वर भएको उक्त गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगीत रहेको छ ।
उक्त गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा बिमल अधिकारीका साथै रिया खड्का र दिपक पौड्यालको अभिनय रहेको छ । गीत संगम लामिछाने युट्युब च्यानलबाट सार्वजनिक भएको छ । मौसम हिमालीको निर्देशन रहेको उक्त गीत नवराज उप्रेतिले खिचेका हुन् ।
रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काठे गीत 'हे मेरो सानु' की गायिका संगम लामिछाने काठ क्षेत्रकी चर्चित गायिका हुन् । काठ क्षेत्र मात्र नभएर पश्चिमी गीतसम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमी गीत बजारमा लिएर आएकी हुन् । बहुचर्चित गीत 'बस बस पियारि' का संकलक तथा गायक बद्री सापकोटासंगको सहकार्यमा झ्याउरे गीत 'ए गौरी' गायिका संगम लामिछानेले सार्वजनिक गरेकी हुन् ।
भिडियो:

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया