गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है : रवि लामिछाने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोपबारे पत्रकार सम्मेलन गर्ने भएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत आज साँझसम्म पत्रकार सम्मेलनको तयारी गरिरहेको जानकारी दिएका छन् ।
'गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है । मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु' रविले लेखेका छन् 'मिडियामा निरन्तर आइरहेका "स्लिप" मा कोहि "स्लिप" हुनै पर्दैन । बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु । सारा प्रश्नहरू एकत्रित पार्दै गर्नुहोला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।
ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको पैसा लिएर सेयर पाएको र छाड्दा १ करोड ८० लाख खातामा लिएको आजै मात्र कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको थियो । लामिछाने निर्देशक हुँदा गोर्खा मिडिया नेटवर्क सहकारीको पैसा लगानी भएको भन्दै उनीमाथि आरोप लाग्दै आएको छ । अहिले गोर्खा मिडिया नेटवर्क अध्यक्ष जिबि राई फरार रहेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया