एलजी फ्ल्यागसिप शोरुमको पुनः शुभारम्भ

काठमाडौँ- चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी फ्ल्यागसिप शोरुमहरू विश्वस्तरीय स्तरमा अपग्रेड भई पुनः शुभारम्भ भएको छ । एलजी इलेक्ट्रोनिक्स् इन्कका एक्स्पोर्ट निर्देशक केइथ कि सू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उक्त शोरुमको उद्घाटन गरी शुभारम्भ गरेका हुन् ।
एलजी फ्ल्यागसिप शोरुमहरू आधुनिक तथा प्रवीणतम् डिजाइनमा खोलिएको छ । यी शोरुमहरूमा एलजी ब्राण्डका घरायसी विद्युतीय सामग्रीहरू जस्तै एलईडी टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवासर, एयर कन्डिस्नर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर लगायत अरु थुप्रै सामग्रीहरू उपलब्ध छन् ।
यी शोरुमहरू हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका साढे ७ बजेसम्म खुल्ला रहनेछ ।
यस एलजी शोरुमहरूको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी, एक्स्चेञ्ज अफर तथा लोयल्टी प्रोग्रामको पनि सुविधा प्रदान गर्दै आएको छ । र विभिन्न एलजीका सामग्रीहरूको लाइभ डेमो पर्सनल जोन र कुकिङ क्लासको सेवा प्राप्त गर्न सकिन्छ । यसका साथै एलजी फ्ल्यागसिप शोरुमहरूले फ्री डेलिभरी सेवाहरू पनि प्रदान गर्दै आएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया