राम मन्दिर सर्वसाधारणका लागि खुला, दर्शनका लागि भीड

काठमाडौँ - अयोध्याको राम मन्दिरमा रामललाको मूर्तिको अभिषेकपछि मंगलबार सर्वसाधारणका लागि मन्दिर खोलिएको छ ।
बिहान ३ बजेदेखि दर्शनका लागि भक्तजनको भीड लागेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । मन्दिरको ढोका खुल्ने बित्तिकै मानिसहरुले भित्र जान तछाडमछाड गरेका थिए ।
प्राण प्रतिष्ठापछि आज बिहान राम मन्दिरमा पहिलो पटक आरती गरिएको छ । दर्शनका लागि मानिसको भीड लागेको छ र त्यसका लागि कडा सुरक्षा व्यवस्था गरिएको छ ।सरयु नदीमा नुहाउन पनि ठूलो संख्यामा मानिसहरु आएका छन् ।
सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले रामलल्लाको अभिषेक गरेका थिए । यस अवसरमा देशका धेरै प्रतिष्ठित व्यक्तित्वहरू अयोध्या पुगेर समारोहमा सहभागी भएका थिए।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया