बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

प्रभु बैंकले लाभांश वितरण नगर्ने

फाइल तस्बिर

काठमाडौं -  प्रभु बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।​

बैंकको गत सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । जसअनुसार लगानीकर्ताहरूको हात खाली हुने भएको हो ।​​

बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ ।