गाजामा बन्धक बनाएका मानिसहरूका परिवार इजरायलको संसदमा प्रवेश गरेपछि...

काठमाडौँ - गाजामा अझै पनि बन्धक बनाएका केही इजरायलीका परिवारका सदस्यहरू सोमबार इजरायलको संसद, नेसेटमा प्रवेश गरेका छन् ।
संसदमा आर्थिक मामिलासम्बन्धी बैठक चलिरहेको बेला बन्धकका परिवार सुरक्षा व्यवस्था तोडेर सदनभित्र पसेका थिए । ती मध्ये एक जनाले प्लेकार्ड बोकेका थिए जसमा लेखिएको थियो– ‘हाम्रा छोराछोरी मरिरहेका बेला तिमी यहाँ बस्न सक्दैनौ ।
अक्टोबर ७ मा हमासको हमलापछि बन्धक बनाएका १३० जना अझै हमासको हिरासतमा छन् भने गत वर्ष नोभेम्बरमा ‘अस्थायी युद्धविराम सम्झौता’ अन्तर्गत हमासले १०० जनालाई रिहा गरेको थियो।
समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायल र हमासबीच अर्को सम्झौता गर्न अमेरिका, कतार र इजिप्ट सफल हुने देखिँदैन ।
इजरायलले हमासलाई पूर्ण रूपमा नष्ट नगरेसम्म युद्ध नरोक्ने बताएको छ । जबकी हमासले इजरायलले आफ्ना सबै प्यालेस्टिनी नागरिकलाई जेलबाट रिहा गर्न तयार भएपछि मात्र सम्झौतामा सहमत हुने जनाएको छ । हमासका धेरै नेताहरू पनि इजरायली जेलमा छन्।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया