कम्बोडियामा १ टनभन्दा बढी अवैध लागूऔषध बरामद

नोम पेन्ह- उत्तरपश्चिमी कम्बोडियाको प्रेह विहेर प्रान्तको सैन्य प्रहरीले छिमेकी देशबाट तस्करी गरिएको १.०२ टन अवैध लागूऔषध बरामद गरेको छ । प्रेह विहेर प्रान्तीय सैन्य प्रहरीका प्रमुख ब्रिगेडियर जेनेल काङ साओकुनले जनवरी २० को राति चे सेन जिल्लामा छाडिएको एसयूभी कारमा उक्त परिमाणको लागूऔषध भेला पारिएको बताएका छन् ।
उनले छिमेकी मुलुकबाट सीमा पार गरेर लागूऔषध ओसारपसार गर्ने शंकास्पद व्यक्तिहरू उक्त क्षेत्रमा गस्तीमा रहेका प्रान्तीय सैनिक प्रहरी अधिकारीले देखेपछि कार छाडेर नजिकैको जङ्गलमा भागेको पनि उनले जानकारी दिएका छन् ।
'कुल १ हजार २० किलोग्राम क्रिस्टल मेथाम्फेटामाइन बरामद गरिएको छ र हामी संदिग्ध (हरू) को खोजी गरिरहेका छौं,' उनले भने । सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्मको कारबाहीका क्रममा लागूऔषध संदिग्ध कारोबारीहरूको कब्जाबाट कुल २.९७ टन सबै प्रकारका अवैध लागूऔषध बरामद गरिएको प्रतिवेदनले जनाएको छ ।
बरामद लागूऔषधमा हेरोइन, एक्स्टेसी, केटामाइन, निमेटजेपाम, कोकिन, क्रिस्टल मेथाम्फेटामाइन, मेथाम्फेटामाइन चक्की, क्याथिनोन लगायतका लागूऔषध रहेका छन् । यहाँ अवैध लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय छैन तर ८० ग्रामभन्दा बढी अवैध लागूऔषध ओसारपसारमा दोषी पाइएमा आजीवन कैद सजाय हुनसक्ने प्रावधान छ। (सिन्ह्वा)

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया