गाजामा २१ इजरायली सैनिक मारिए

काठमाडौँ - गाजामा २१ इजरायली सैनिक मारिएका छन् । सोमबार मध्य गाजामा २१ सैनिक मारिएको इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता डेनियल हगारीले बताएको बीबीसीले जनाएको छ ।
'यो गाजामा युद्ध सुरु भएदेखि हालसम्मकै ठूलो क्षति हो' आइडीएफले भनेको छ । आईडीएफका प्रवक्ता हजारीले रकेट आक्रमण सैनिकहरू बस्ने दुई वटा भवन नजिक भएको अनुमान गरिएको बताए।
इजरायली सुरक्षा बलले भवन भत्काउने उद्देश्यले राखेको डाइनामाइटका कारण भवनमा विष्फोट भएको उनले बताए ।आइडीएफले घटनाको विवरणबारे अनुसन्धान भइरहेको जनाएको छ।
अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा सैन्य कारबाही गरिरहेको छ । इजरायलले हमासको अन्त्य नभएसम्म आफ्नो अभियान जारी रहने जनाएको छ। अक्टोबर ७ मा हमासको आक्रमणमा करिब १३ सय जनाको ज्यान गएको थियो ।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया