८० किलो गाँजासहित सुनसरीबाट दुई जना पक्राउ

सुनसरी - देवानगंज गाउँपालिका-६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् ।
अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले रासिबाट भारततर्फ जाँदै गरेको को.१ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको विभिन्न भागमा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक कुमार र अटोमा सवार राम बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया