आईएमडीबीमा भारतीय वेब सिरिज‘स्क्याम’को अर्को रेकर्ड

मुम्बई : गत वर्ष सोनी लिभमा प्रसारण भएको ‘स्क्याम १९९२ ः हर्षद मेहता स्टोरी’ले आइएमडीबीमा अर्को रेकर्ड राखेको छ । हंसल मेहता निर्देशित यो वेब सिरिज आइएमडीबीले विश्वभरबाट छानेका चर्चित सिरिजमध्ये एक मात्र भारतीय सिरिजको रुपमा छनोटमा पर्ने सफल भएको हो ।
आइएमडीबीले विश्वभरबाट १ सय ६३ वटा सिरिज छानेको थियो । यसअघि ‘स्क्याम १९९२ : हर्षद मेहता स्टोरी’ले सबैभन्दा ज्यादा रेटिङ पाउने वेब सिरिजको आईएमडीबीमा रेकर्ड राखेको थियो । यो सिरिजले ९.५ रेटिङ पाएको छ । जबकि विश्व चर्चित ‘ब्रेकिङ ब्याड’ र ‘गेम अफ थ्रोन’ जस्ता सिरिजले क्रमशः ९.४ र ९.३ रेटिङ पाएका छन् ।
आईएमडीबीले सार्वजनिक गरेको लिस्टमा ८० को दशकमा प्रसारण भएका ‘ट्वीन पिक्स’देखि अघिल्लो साल प्रसारण भएका ‘स्क्याम’सम्म छन् । मुम्बईमा भएको सेयर बजारको घोटालामा आधारित यो सिरिजमा प्रतीक गान्धीले शीर्ष भूमिका निर्वाह गरेका छन् । प्रसारण भए लगत्तै यो सिरिजले दर्शक तथा समीक्षकको वाहवाही पाएको थियो ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया