प्रधानमन्त्री दाहालले भनेः एक वर्षपछि अर्थतन्त्रमा सुधार आयो

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभाग र कार्यालयहरूसँग नियमित छलफल गरिरहेको बताएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा लेख्दै एक महिनाको अवधिमा विभिन्न मन्त्रालयहरूसँग छलफल गरी समस्याको गाँठो फुकाउने काम भएको उल्लेख गरेका छन् ।
'एक्सन रूमबाट राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन गरी नीतिगत समस्याको सम्बोधनसमेत गर्दै आएको छु,' उनले भनेका छन्,' परम्परागत सोच र औपचारिकताबाट देशको समृद्धि र विकास सम्भव छैन। त्यसका लागि हामी सबैले नयाँ सोच र योजनाका साथ काम गर्नैपर्दछ। त्यसैले प्रक्रिया छोट्याएर परिणाम दिने गरि काम गरौँ ।'
प्रधानमन्त्री दाहालले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रमा सकारात्मक सुधार आएको दाबी गरे । 'अहिले गरिएको प्रयासबाट पनि छिट्टै सकारात्मक र गुणात्मक परिणाम आउनेछ,' उनले भनेका छन् ।
आज सिंहदरबार २ वटा महत्वपूर्ण छलफलहरू भएको जानकारी दिएका छन् । उनका अनुसार कालीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिने । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई रूपान्तरकारी बनाउने ।
दुवै छलफलमा सरोकार मन्त्रालय, विभाग र निकायहरूलाई निर्देशन दिएको उनको भनाइ छ । 'अहिले गरिएको प्रयासबाट पनि छिट्टै सकारात्मक र गुणात्मक परिणाम आउनेछ,' उनले अगाडि थपे ।
उनले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए । 'मेरो तेस्रो कार्यकालको दोस्रो वर्ष सिंहदरबारमा केन्द्रित भई परिणाममुखी काम गर्नेछु । त्यसअनुसार पुसदेखि बिहान १० बजे नै सिंहदरबार आएर सरकारी काममा केन्द्रित हुँदै आएको छु,' उनले प्रस्ट पारेका छन् ।

‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’

१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

पूर्वाञ्चल विश्वविद्यालयको सभा, एक अर्ब ७० करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ३६ करोड बजेट स्वीकृत

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

प्रतिक्रिया