नगरप्रमुख नै भन्छन् : नदी उत्खननलाई रोक्नु हुँदैन

महोत्तरी- पछिल्लो समय बर्दिवासस्थित रातु नदीमा अनुचित उत्खनन भएको भन्दै चर्को विरोध भइरहेको बेला बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले भने उत्खननलाई रोक्न नहुने प्रतिक्रिया दिएका छन् ।
उनले हाल नदीको उत्खनन मापदण्डअनुसार नै भइरहेको बताएका छन् । 'मापदण्ड अनुसार नै नदी उत्खनन भइरहेको छ । विगतमा दोहन गरेर खान पल्केकाहरूले मात्र विरोध गरेका हुन्,' उनले भने ।
बर्दिवासस्थित वडा नम्बर ३ मा रहेको जनजागृति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीमा बोल्दै नगरप्रमुख क्षेत्रीले आफूलाई घेराबन्दी गर्न खोजेता पनि त्यसलाई तोड्ने दाबी गरे ।
अघिल्लो सरकारलाई संकेत गर्दै विगतमा भएका बेथितिहरूलाई सच्याउँदै अगाडि बढेको पनि क्षेत्रीको भनाइ छ ।
नगरप्रमुख क्षेत्रीले २०८४ को निर्वाचनको समेत आफू उम्मेदवार रहने खुलासा गरे । यसै क्रममा चुनावका बेला प्रतिस्पर्धा गर्न उनले राजनीतिक दलहरूलाई चुनौती दिएका छन् । पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र रूपमा जितेका क्षेत्री केही समयअघि नेपाली कांग्रेसमै फर्किएका थिए । न्युजकारखाना

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया