सामसङ ग्यालेक्सी एस २४ किन्नेलाई एनसेलले दिनेछ यस्तो सुविधा

काठमाडौँ- एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विशेष सुविधा उपलब्ध गराउन साझेदारी भएको छ । यस साझेदारी अन्तर्गत, एस २४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो इच्छाअनुसार एनसेलको स्पेशल लक्स नम्बर लिन पाउने छन् ।
सामसङ नेपालले शुक्रबारबाट नै ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ । अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने छन् ।
'ग्यालेक्सी एस २४ सिरिज सबैभन्दा विशेष छ किनकि हामीले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बरहरू प्रदान गर्दैछौं । नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ सम्भावनारू पहिल्याउन प्रतिवद्ध विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा हामी उत्साहित छौँ' एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।
सामसुङको ग्यालेक्सी एस २४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेका छन् । यो सिरिजमा रहेको ग्यालेक्सी एआईले एआई लाईभ ट्रान्सलेट, अझ प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता दैनिक जनजीवन सहज बनाउन सहयोग गर्ने विभिन्न अन–डिभाइस सुविधाहरु प्रदान गर्दछ । यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्दछ र यो डिभाईस टाइटेनियमबाट बनेकाले एकदमै बलियो रहेको छ ।
सामसुङको ग्यालेक्सी एस २४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेका छन् । यो सिरिजमा रहेको ग्यालेक्सी एआईले च्याट असिस्ट, एन्ड्रोइड अटो, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता विभिन्न अन–डिभाइस अनुभवहरू प्रदान गर्दछ । यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्ने दाबी गरिएको छ ।
एस२४ सिरिजमा ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यालेक्सी एस २४ बेस रहेका छन् । ग्राहकले सामसङ नेपालको आधिकारिक वेबसाइट https://samsung-np.com/NP-S24-Preorder/ मार्फत वा आफ्नो नजिकैको सामसङ फोन स्टोरहरूमा गएर अग्रिम बुकिङ गर्न सक्ने जनाएको छ । माघ २३ सम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याबलेटलगायतका आकर्षक उपहार समेत पाउने सामसङ नेपालले जनाएको छ ।

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

प्रतिक्रिया