बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

सानुभाइ समूहका एक जना विश्व लामा पक्राउ

तस्विरः फाइल फोटो

काठमाडौँ- ठमेलको क्लबबाहिर कुटपिट गर्ने समूहका एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । सानुभाइ  युवराज गुरुङ (सानुभाइ)  समूहका विश्व लामा पक्राउ परेका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।  

शनिबार लामासहितका टोलीले ठमेलको छाया सेन्टरको प्लेब्वाई क्लबको पार्किङमा एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेको थियो । 

सानुभाइ, शेरलाल पौडेल र नुवाकोटकै कमल तामाङले एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । उनीहरूविरुद्ध पीडित युवाले ज्यान मार्ने उद्योग मुद्दामा प्रहरी वृत्त दरबारमार्गमा उजुरी थिए ।