बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

राष्ट्रपतिले गरे दुवै सदनको अधिवेशन आव्हान

फाइल फोटो

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आव्हान गरेका छन्। 

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आव्हान भएको हो।

यही माघ २२ गते सोमबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अधिवेशन सुरु हुनेछ।