मंगलबार १३ साउन, २०८२
Tuesday, July 29, 2025

रविले भनेः आठ दश थान मतियारहरूले लामो छुट्टी लिए, सामाजिक सञ्‍जाल इन्ट्रेस्टिङ हुन्थ्यो

तस्विरः फाइल फोटो

काठमाडौँ- डा. रामेश कोइरालालाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति राष्ट्रिय  लामिछानले नागरिकका अधिकार बीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने आठ दश थान मतियारहरूले लामो छुट्टी लिए अझ सामाजिक संजाल पनि इन्ट्रेस्टिङ बन्ने बताएका छन् ।

‘व्यवस्थाका केही हाइज्याकरहरूलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ,’ उनले भनेका छन्,’ स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै,पेलेको पेल्यै,पेलेको पेल्यैपनि नगरौं, देश बन्छ। अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्छ। चुनाव कहिले?? ८४ मा। ‘

राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने 'सर्वदलीय सहमति' गरेको दिनदेखि देश बन्न सुरु हुने लामिछानेले बताएका छन् । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले "सर्वदलीय प्रतिवद्धता" गरेको दिन देश सुमार्गमा हिड्न सुरु हुने उनको भनाइ छ ।

‘मिडिया/सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भैरहनु पर्दैन। आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौँ, तलबी सेना अफ बिटमा नचाऔं। फेस गरौं, फेस नलुकाऔँ,’ उनले भने ,हैट, चौराआआआआआसिमा?????'

डा. रामेश कोइरालाले सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिलमा स्पष्टीकरण सोधेकाले मुद्दा किनारा नलागेसम्म नैतिक रूपले अपरेसन गर्न नमिल्ने हुनाले आइतबारदेखि अपरेसन बताएका छन् । केही दिन अघि उनले अप्रेसनमा भएको मृत्युलाई सहज मानिदिनुपर्ने भनेर बताएका थिए ।