लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सम्पन्न

दाङ- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ । कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए ।
मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका दुई सय १८ मत मध्ये दुई सय १६ मत खसेको र दुई मत खस्न बाँकी रहेकामा मतदानको समय ३ बजे सम्म रहे पनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानसम्बन्धी सम्पूर्ण काम सम्पन्न भएको निर्वाचन अधिकृत पाण्डेयले बताए ।
दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र दुई १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी तीन सय पाँच मतदाता थिए भने छ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । अबको केही बेरमा मत गणना थालिने उनले जानकारी दिए । रासस

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छ : श्रमम…

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन् : प्रधानमन्त्री ओली

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

प्रतिक्रिया