राष्ट्रिय सभा निर्वाचन : १८ सिटमा सत्ता गठबन्धन, एक सिटमा एमाले विजयी

काठमाडौँ- राष्ट्रिय सभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्ता गठबन्धनले जित हासिल गरेको छ भने एक सिटमा एमालेले जित हासिल गरेको छ ।
निर्वाचनको परिणामअनुसार कोशी प्रदेशमा अन्य कलस्टरमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् भने महिला क्लस्टरमा नेकपा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छिन् । त्यस्तै मधेश प्रदेशमा महिला क्लस्टरमा जसपाकी पूजा चौधरी विजयी भएकी छिन् भने अन्य कलस्टरमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन् । त्यस्तै बागमती प्रदेशमा अन्यमा कांग्रेसका जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी, दलिततर्फ नेकपा समाजवादीका घनश्याम रिजाल र महिला क्लस्टरमा कांग्रेसकी विष्णुदेवी पुडासैनी विजयी भएका छन् ।
त्यस्तै गण्डकी प्रदेशबाट महिला क्लष्टरमा माओवादी केन्द्रकी मनरुपा शर्मा, अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा महिला क्लस्टरमा कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन् ।
त्यस्तै कर्णाली प्रदेशमा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, कर्णाली प्रदेशमा दलिततर्फ माओवादीका विष्णु विक र अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया विजयी भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा महिला क्लस्टरमा माओवादी केन्द्रकी रेनु चन्द र अन्य कलस्टरमा कांग्रेसका बलदेव बोहरा विजयी भएका छन् ।
विसं २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लागेपछि अर्को छ वर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन भएको हो । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया