सुन तस्कर प्रकरण : महरालाई थुनामै राख्ने आदेश

काठमाडौँ- उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ । न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले आज जिल्ला अदालतकै आदेश सदर गरेको हो ।
सुन तस्कर प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले पनि पुर्पक्षका लागि कारागारमा रहेका छन् । उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले निजलाई पक्राउ गरेको थियो । महरालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेको थियो ।
जिल्ला अदालतको उक्त आदेशविरुद्ध महरा उच्च अदालतमा गए पनि जिल्लाकै आदेश सदर भएको हो । निजविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी र सङ्गठित अपराधमा अभियोग कसुर लगाइएको छ ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_Pidfw26V0A_9ti5xu2hhiyxaa1hlkj6lhnasjdjythshohewzvk31hqru5shvekuwimngkq.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_UCythP7w3D_ilzk4dhag2tthz9c3wpbafp8jy9hdcbfofuucrvkg8ghn777pxwxh2jwcrnl.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया