आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

नागरिक लगानी कोषले १७.८९ प्रतिशत लाभांश बाँड्ने

काठमाडौँ : नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरूलाई १७.८९ प्रतिशत लाभांश दिने भएको छ । कोषको आर्थिक वर्ष २०७६/७७ को आम्दानी बाँडफाँट गर्ने भएको हो । जसमध्ये नौ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९ प्रतिशत नगद लाभांश बाँड्न लागिएको हो । 

असार १८ मा कोषको साधारणसभा बैठक बस्‍ने तय भएको छ । जेठ २१ मा बसेको सञ्‍चालक समितिको बैठकले लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।