राष्ट्रिय सभामा निर्वाचित भएपछि सिटौला कोइराला निवास पुगे

काठमाडौँ- कोशी प्रदेशबाट राष्ट्रिय सभाबाट निर्वाचित भएपछि कृष्णप्रसाद सिटौला शेखर कोइराला निवास पुगेका छन् । शुक्रबार बिहान कोइराला निवास विराटनगरमा पुगेर उनले कोइरालालाई धन्यवाद दिएका छन् ।
सिटौलाले कोइरालालाई तपाइको कारणले निर्वाचित भएको भन्दै धन्यवाद दिएको सहभागी एक नेताले बताए । पछिल्लो समय राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरी कोइराला कोशी प्रदेश पुगेका थिए । गृह जिल्ला मोरङ भएकाले पनि उनले कोशी प्रदेशमा बढी समय बिताउने गरेका छन् ।
सिटौलाले बिहीबार भएको राष्ट्रिय सभाको निर्वाचनमा ५ हजार २९२ मत ल्याइ विजयी भएका थिए । उनका प्रतिद्वन्द्वीले भने ४ हजार ५६२ मत ल्याएका थिए ।
सिटौला यसअघि प्रतिनिधि सभाको निर्वाचनमा झापा ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । उनी यसपटक सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया