प्रदेश २ को बजेट अधिवेशन : जसपाको ठाकुर समूहद्वारा बहिष्कार

जनकपुरधाम : प्रदेश २ प्रदेश सभाको बैठकमा जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर समूहका सदस्यहरुले बहिष्कार गरेका छन् ।
प्रदेश सरकारबाट ठाकुर समूहका एक मन्त्री र तीन राज्यमन्त्रीसहित चार जना मन्त्रीलाई जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समूहका मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेपछि उनीहरू बजेट अधिवेशनको बैठकमा सहभागी नभएका हुन् ।
आज बिहान १० बजे ठाकुर समूह अर्थात पुर्व राजपाको संसदीय दलको बैठकबाट प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । प्रदेश सभाको बजेट अधिवेशनमा सहभागी नहुने निर्णयका साथ यादव समूहले गर्ने क्रियाकलापका आधारमा रणनीति तय गर्ने निर्णय गरिएको ठाकुर समूहका प्रदेश सभा सदस्य परमेश्वर साहले जानकारी दिए ।
ठाकुर समूहका २५ जना प्रदेश सभा मध्ये ५ जना यादव समूहमा लागेका छन् । पार्टीभित्र समूहगत किचिलो शुरु भएपछि ठाकुर समूहका रामनरेश राय यादव, नवलकिशोर साह, डा. रिना यादव, अन्जु यादव र रानीशर्मा तिवारी यादव समूहमा गएका हुन् ।
रामनरेश राय यादव र रानी शर्मा तिवारी महेन्द्र राय यादव पक्षधर हुन भने नवलकिशोर साह, डा. रिना यादव र अन्जु यादव राजेन्द्र महतो पक्षधर हुन् ।

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

प्रतिक्रिया