वृन्दावनमा एम्बुलेन्सदेखि ट्याङकरसम्म कबाडमा परिणत हुँदै

रौतहट- जिल्लाको वृन्दावन नगरपालिकाको सवारी साधन पछिल्लो समय कबाडमा परिणत हुन थालेको छ ।
सो नगरपालिकाको एम्बुलेन्सदेखि ट्वाइलेट साफ गर्ने ट्रयाक्टर र ट्याङसमेत कबाड बनेको हो ।
नगर प्रमुख र हाकिम चढ्ने गाडी राम्रो भएको र जनताको काममा प्रयोग हुने सवारी साधन कबाड बनेपछि स्थानीयले आक्रोश बन्न थालेका छन् । आम सर्वसाधारणको काममा प्रयोग हुने संवेदनशील सवारी मानिएका एम्बुलेन्ससमेत चार महिनादेखि ड्राइभरको घरमा कबाड अवस्थामा थन्किएको छ ।
सो नगरपालिकामा चार वटा एम्बुलेन्स सञ्चालनमा रहेको र हाल दुई वटा एम्बुलेन्स चालु अवस्थामा मात्र रहेको छ । सो नगरपालिकाको वडा नम्बर १, ४, ७ र ८ मा एम्बुलेन्स रहेको छ । जसमध्ये वडा नम्बर १ र ४ को एम्बुलेन्स कबाड नै बनेको हो ।
यता जनतालाई लाभ हुने ट्वाइलेट साफ गर्ने सेफ्टी टयाङकर ७ महिनादेखि वीरगञ्जको एक ग्यारेजमा अलपत्र परेको छ ।
पूर्व नगर प्रमुख राम स्नेही यादवको पालादेखि सस्तो रेटमा आम सर्वसाधारणको ट्वाइलेट सरसफाई गर्दै आएको थियो । तर गत स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा विनोदप्रसाद कुर्मी निर्वाचित भएदेखि नै नगरपालिका अस्तव्यस्त बनेको र आम सर्वसाधारणको एम्बुलेन्सदेखि ट्वाइलेट साफ गर्ने ट्याङ्कीसमेत प्रयोगविहीन बनाएको जनमत पार्टीका नगरप्रमुख प्रत्याशी दयाराम पटेलले बताए ।
नगर प्रमुख कुर्मी आफू अनुकूल हाकिम मात्र ल्याउन खोजेपछि नगरपालिकाको अवस्था दयनीय नै भएको उनले आरोप समेत लगाए ।
लामो समयदेखि एम्बुलेन्स र ट्वाइलेट साफ गर्ने ट्याङ्कर प्रयोगविहीन बनेपछि आम सर्वसाधारणले चर्को शुल्क तिरेर बाहिरबाट एम्बुलेन्स र ट्वाइलेट साफ गर्ने ट्याङ्कर ल्याएर काम चलाउनुपर्ने बाध्यता रहेको वृन्दावन नगरपालिका-१ का पूर्व वडाध्यक्ष सुबोध पटेलको भनाइ रहेको छ । यता पालिकाले दिँदै आएको सेवा बन्द भएपछि आम सर्वसाधारण पनि आक्रोसित बन्दै जान थालेका छन् ।
पालिकामा सवारी कसरी कबाड बन्यो भन्ने बिषयमा सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जयकुमार पटेलसँग बुझ्दा आफू भर्खरै आएको हुनाले सो बिषयमा आफुलाई केही जानकारी नभएको बताएका छन् । सो बिषयमा आफू पनि पालिकामा गएर बुझ्ने अधिकृत पटेलले बताए ।
यता स्थानीयले नगरपालिकाको जिन्सी शाखाका चरम लापरबाहीका कारण सो एम्बुलेन्सदेखि ट्याङकरसम्म कबाड बनेको बताएका हुन् । तर नगरपालिका स्रोतबाट बुझ्दा सो पलिकामा असार यता जिन्सीको जिम्मा कसैलाई तोकिएको छैन ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया