राष्ट्रिय क्रिकेट : गण्डकीविरुद्ध एपीएफको जित

काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल एपीएफ क्लबले चौथो जित हात पारेको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई ८८ रनले पराजित गर्दै एपीएफले सात खेलमा चौथो जित दर्ता गरेको हो । सात खेल खेलेको गण्डकीको भने यो पाँचौं पराजय हो ।
शनिबारको खेलमा २ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकीले ३३ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १९ रनमात्र बनाउन सक्यो ।
गण्डकीका लागि समिर कँडेलले ३३ तथा इश्वर क्षेत्रीले २८ रन बनाए । एपीएफका लागि अमर रौटेलाले सर्वाधिक ४ तथा मौसम ढकालले ३, भुवन कार्कीले २ र रमेश कुर्मीले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर २ बलमा सबै विकेट गुमाउँदै २ सय ७ रन जोड्यो ।
एपीएफका लागि लोकेश बमले ५० रन, भुवन कार्कीले ४५, प्रदिप ऐरीले ३९ रन र पुरन विकले ३० रन बनाए । गण्डकीका कमल परियारले ३ तथा विपिन खत्री, अमृत गुरुङ र सन्दीप पराजुलीले २-२ विकेट हात पारे ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया