पाँच वर्षभित्र नेपाललाई मेडिकल शिक्षाको स्वर्ग बनाउने छौं : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पाँच वर्षभित्र नेपाललाई मेडिकल शिक्षाको स्वर्ग बनाउने बताएका छन् ।
२१५१औं ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले १०० देखि ३०० शय्याका अस्पतालहरूमा नर्स र प्यारामेडिक्सको पढाइ हुने र ३०० शय्याभन्दा माथिका अस्पतालहरूमा एमबीबीएस र विशेषज्ञ चिकित्सकको पढाइ गर्ने गरी स्वास्थ्य मन्त्रालयले निर्णय गरी मन्त्रिपरिषदमा पठाएको र चिकित्सा शिक्षा आयोगमा पनि परामर्श भइरहेकाले ऐन परिवर्तन गरेर पाँच वर्षभित्रै नेपाल मेडिकल शिक्षाको हब बनाएरै छाड्ने दाबी गरेका हुन् ।
मेडिकल शिक्षाका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै मन्त्री बस्नेतले स्वदेशमा प्रशस्त सम्भावना भएर पनि चिकित्सा शिक्षा ऐनका केही प्रावधानका कारण हजारौं नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जान बाध्य भएको जानकारी दिए । चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर स्वदेशमै मेडिकलका कोटा बढाउने विषयमा मन्त्रिपरिषद् मात्र नभएर चिकित्सा शिक्षा आयोग पनि सकारात्मक भएकाले केही दिनमै चिकित्सा शिक्षा ऐन परिमार्जन हुने मन्त्री बस्नेतले बताए ।
नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि सार्क देशहरूका हजारौं विद्यार्थी समेत आउने सम्भावना भएकाले भविष्यमा नेपाल चिकित्सा शिक्षाको हब हुने मन्त्रीले औंल्याए । समयमै चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न नसकिए अबको पाँच वर्षपछि नेपालमा डाक्टर, नर्स र प्यारामेडिक्सको अभाव हुने दाबी गर्दै स्वास्थ्यमन्त्रीले राज्यले बेलैमा यस विषयमा आवश्यक कदम चाल्न लागेको जानकारी दिए ।
आफ्नो देशमा सर्वसुलभ रूपमा पढ्न नपाएर कयौं विद्यार्थी मानसिक रूपमा तनावमा रहेको बताउँदै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन भएर यही पढ्न पाउने प्रशस्त सम्भावना सिर्जना गरिए धेरै हदसम्म मानसिक समस्या समेत समाधान गर्न सकिनेमा जोड दिए ।
नेपालमा मेडिकल कलेजहरू र अस्पतालहरूसँग वर्षमा ५ हजारभन्दा बढी एमबीबीएस पढाउन सक्ने क्षमता भए पनि विद्यमान चिकित्सा शिक्षा ऐनका प्रावधानका कारण १९ सय विद्यार्थीले मात्र स्वदेशमा पढ्ने अवसर पाइरहेका छन् भने दर्जनौं नर्स र प्यारामेडिक्स पढाउने कलेज बन्द भएका छन् ।

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

प्रतिक्रिया