शालिग्राम कालीगण्डकी करिडोर निर्माण हुँदै

डुम्रे (तनहुँ)- तनहुँको घिरिङ गाउँपालिका-४ मानपुरदेखि नवलपुरको बौदीकाली गाउँपालिकासम्म जोडिने शालिग्राम कालीगण्डकी करिडोर मार्ग निर्माण भइरहेको छ । २१ दशमलव पाँच किलोमिटर दूरीको उक्त मार्ग निर्माणले ग्रामीण क्षेत्रलाई तराईसँग जोड्न सहज बनाएको स्थानीय बताउँछन् ।
उक्त मार्ग ग्राभेल प्रकारको निर्माण गरिने पूर्वाधार कार्यालय तनहुँका सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिइन् । 'ग्राभेल किसिमको संरचनामा यो मार्ग निर्माण गरिनेछ,' उनले भने, 'यस मार्ग निर्माणपश्चात् ग्रामीण क्षेत्रलाई तराईसँग जोड्नेछ भने आवागमन पनि सहज हुँदै जानेछ ।' निर्माण अन्तिम चरणमा पुगेको सूचना अधिकारी मिश्रले बताए ।
'निर्माण अन्तिम चरणमा पुगेको छ । पहिरोको जोखिम रहेका केही स्थानमा निर्माण गर्न समय लाग्ने देखिएको छ,' उनले भने, 'सम्झौता सकिने बेला पनि भएकाले तीव्र गतिमा काम भइरहेको छ । पहिरोको जोखिम क्षेत्रमा समस्या भए समय थप्नुपर्ने हुन्छ । नत्र सम्झौता मितिमा काम सम्पन्न हुन्छ ।'
विसं २०८१ फागुन २३ सम्ममा निर्माण सम्पन्न गर्ने गरी विसं २०७६ फागुन २३ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । रु २५ करोड आठ लाख ७३ हजारमा सम्झौता भएको पूर्वाधार कार्यालयले जनाएको छ ।
यस मार्ग निर्माणले नवलपुरवासीलाई गण्डकी प्रदेशको राजधानी पोखरासम्म पुग्न सहज र छोटो हुनेछ । पृथ्वीराजमार्गअन्तर्गत पोखरा-तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा-खैरेनीटार खण्डमा भिमाद-मानपुर-फुला खण्डसँग जोडिन्छ ।
शालिग्राम कालीगण्डकी करिडोर मार्गमार्फत घिरिङ गाउँपालिकाको मानपुर हुँदै नवलपुरको बौदीकाली गाउँपालिका डेढगाउँस्थित कालीगण्डकी करिडोरमा निस्कन सकिन्छ । यो मार्ग नवलपुरका लागि विशेष महत्वका रूपमा लिइएको छ ।

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_txtuHllz8A_w2jwe64p5yhmmtmhfk2k9mhtmqjq2jrpyyss04ayqzvu1pnmxnxyvgqn7g6u.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9E9zQWPMwE_cd8dmvp5gyno4daib2prmw7q8fz7km6m1d96vdrhfw1twnykyqeftnmi4i0q.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

प्रतिक्रिया