विनोदको शतक र बसिरको ९८ रनको मदतमा आर्मीको शानदार जित

काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि शानदार जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा आर्मीले कर्णालीलाई १ सय ६४ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा ७ खेलमा आर्मीको यो पाँचौं जित हो भने ८ खेलमा कर्णालीको चौथो पराजय हो ।
आइतबारको खेलमा २ सय ८० रनको लक्ष्य पछ्याएको कर्णालीले २९ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रनमात्र बनाउन सक्यो ।
कर्णालीका लागि हिमान्शु शाहीले सर्वाधिक १९ रन बनाए । आर्मीका कुशल मल्ल र विवेक यादवले समान ३-३ तथा सोमपाल कामीले २ र शहाब आलमले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७९ रन बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले १ सय ३२ बलमा ६ चौका र ३ छक्काको मदतमा १ सय रन बनाए ।
जारी प्रतियोगितामा विनोदको यो दोस्रो शतक हो । यसअघि उनले मधेश प्रदेशविरुद्ध १ सय १३ रन बनाएका थिए ।
बसिर अहमदले ९२ बलमा ९८ रन जोड्दा १२ चौका र १ छक्का हिर्काए । कर्णालीका लागि दिपेन्द्र रावतले सर्वाधिक २ विकेट हात पारे ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया