अमेरिकाद्वारा १२५ थान सिम्याप सहयोग

काठमाडौँ : अमेरिकी सरकारले 'सिप्याप' १ सय २५ थान सहयोग गरेको छ । सोमबार स्वास्थ्य सेवा विभागमा एक कार्यक्रम आयोजित अमेरिकन राजदूतावासका प्रतिनिधिले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सेवा विभागका आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढकालले सामग्री ग्रहण गरे ।
'सिप्याप' ले कोभिड-१९ संक्रमितलाई श्वासप्रश्वासमा भएकालाई श्वास लिनका लागि सहयोग गर्ने ढकालले जानकारी दिए । विशेष गरी भेन्टिलेटर अभाव भएका ठाउँमा यसको प्रयोग गरिने हुने उनले बताए ।
यसअघि पनि अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गरेको थियो । भर्खरै मात्र पनि कोभ्याक्स खोप कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकलाई खोप दिने घोषणा गरिसकेको छ । नेपाललाई अहिलेसम्म विभिन्न मित्र राष्ट्रसहित तथा अन्तरराष्ट्रिय दातृ निकायसहित २९ संस्थाले स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया