एक बलिउड अभिनेत्री : जसले लिन्छिन् तीन मिनेटको तीन करोड पारिश्रमिक

मुम्बई- बलिउडका धेरै स्टारहरू आफ्नो फिल्मका कारण चर्चामा रहन्छन् ।
कतिपय स्टारहरू आफ्नो पारिश्रमिकका कारण पनि चर्चामा रहन्छन् । कतिपय कलाकार यस्ता छन् जसको पारिश्रमिकले फिल्मको बजेट निकै बढ्छ । फिल्ममा मुख्य भूमिका होस् वा क्यामियो । कतिपय अभिनेत्रीले चलचित्रमा आफ्नो एउटा गीतको लागि ठूलो पारिश्रमिक लिने गरेका छन् ।
त्यसैगरी आज हामी तपाईंलाई बलिउड अभिनेत्रीको बारेमा बताउन गइरहेका छौँ जसले एक मिनेटको अभिनयको १ करोड भारु लिन्छिन् ।
यो अरु कोहि नभई बलिउड अभिनेत्री उर्वशी रौतेला हुन् । उनी एउटा गीतमा तीन मिनेटको प्रस्तुतिको लागि ३ करोड भारु लिएको चर्चामा भइरहेको छ । वाल्टेयर वीराया र एजेन्ट जस्ता फिल्महरूमा आफ्ना अघिल्ला आइटम गीतहरूका लागि उर्वशीलाई बोयापति श्रीनु राम पोथिनेनी फिल्मको लागि आइटम नम्बर गर्न अप्रोच गरिएको थियो ।
समाचारअनुसार उर्वशीले आफ्नो तीन मिनेटको प्रस्तुतिको लागि ३ करोड भारु मागेकी थिइन् ।
यसको मतलब उनले प्रतिमिनेट १ करोड रुपैयाँ कमाउनेछिन् र एक मिनेटको प्रदर्शनका लागि भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको रूपमा नयाँ कीर्तिमान कायम गरेकी छिन् ।
यसअघि उर्वशीले साउथ इन्डियन मेगास्टार चिरञ्जीवीको फिल्म ‘वाल्टेयर वीरैया’ मा आइटम नम्बरका लागि २ करोड भारु लिएको खबर आएको थियो ।

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्गलवार टिजर आउने

जब मध्यरातसम्म नवाजको र्यापमा झुम्यो एलओडी...

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

प्रतिक्रिया