अपर सेती हाइड्रोमा लक्ष्मी सन्राइज बैंकले ७५ प्रतिशत लगानी गर्ने

काठमाडौँ- लक्ष्मी सन्राइज बैंक लिमिटेड र अपर सेती हाइड्रो प्रा.लिबीच लगानी गर्ने सम्झौता भएको छ । कास्कीको सेती नदीमा २० मेगावाट क्षमताको माथिल्लो सेती खोला जलविद्युत् आयोजना निमार्णमा लगानी गर्ने सम्झौता भएको हो ।
सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । अपर सेती हाइड्रोले माघ १७, २०७८ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै आश्विन १०, २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।
सो कम्पनीको प्रवर्द्धकको रुपमा नेपालको प्रतिष्ठित व्यापारिक घराना केसी ग्रुप रहेको छ । सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वर्द्धक/संस्थापकहरूको लगानी रहने छ । लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ३.०२ अर्ब रहेको छ जसले दिगो विकासलाई बढावा दिने बैंकको योजनालाई अझ सार्थक बनाउने जनाएको छ ।
२० मेगावाट क्षमताको सो आयोजना निमार्ण पश्चात वार्षिक करिब ११३.५१ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैंकको विद्यमान १४०० मेगावाट भन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुँदै बैंकको हरित ऊर्जा प्रवर्द्धनप्रति निरन्तर प्रतिबद्धतालाई जोड दिने जनाएको छ ।

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_P8L1YBVFSU_gbs77wxy76bao6cehivnomiyqkliknmbakwqsrnragichvx0ss4zwlwuaadm.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

प्रतिक्रिया