नार्कका निर्देशक नियुक्तिबारे छानबिन गर्न रास्वपा सांसदको माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद बिनिता कठायतले कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशकको नियुक्तिबारे तत्काल छानबिन गर्न माग गरेकी छिन् । प्रतिनिधिसभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य कठायतले आज समितिका सभापति डा आरजु राणालाई नवनियुक्त नार्कका कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराईको नियुक्ति ऐनबमोजिम नभएको जनाउँदै तत्काल छानबिन गर्न माग गरेकी हुन् ।
उनले नार्कका नवनियुक्त निर्देशक डा भट्टराईको नियुक्ति नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ अनुसार नभएको जनाउँदै सभापति राणालाई ध्यानाकर्षण पत्र बुझाइन् । 'नियुक्त व्यक्तिले नार्क ऐन २०४८ मा उल्लेखित योग्यता पूरा नगरेको देखिन्छ,' ध्यानाकर्षण पत्रमा भनिएको छ, 'विशेष गरी कृषि सम्बन्धित विषयमा स्नातकोत्तर, कृषि अनुसन्धानमा दश वर्षको कार्य अनुभव र कृषि अनुसन्धानमा प्रकाशित कृतिको अभिलेख मापदण्डबाट यो विचलनले स्थापित मापदण्डको वैधता र पालनाबारे प्रश्न खडा गर्छ ।'
सभापति डा राणाले ध्यानाकर्षण पत्र बुझ्दै उक्त विषयमा समितिमा छलफल गर्ने र आवश्यक निर्देशन दिने प्रतिबद्धता दिएको सांसद कठायतले बताइन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया