रियलमी सि ५१ र सि ५३ अब छुट मूल्यमा

काठमाडौँ- स्मार्टफोन ब्रान्ड रियलमीका दुई वटा स्मार्टफोन मोडलहरू रियलमी सि ५१ र रियलमी सि ५३ अब छुट मूल्यमा उपलब्ध भएका छन् ।
रियलमी सि ५१ को मूल्यमा रु.१ हजार ५०० र रियलमी सि ५३ को मूल्यमा २ हजार ५०० छुट प्रदान गरिएको छ ।
रियलमी सि ५१ को मूल्य पहिले १४,९९९ रुपैयाँ र रियलमी सि ५३ को मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको थियो । अब छुट पश्चात यी फोनहरू क्रमशः १३ हजार ४९९ रुपैयाँ र १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछन् ।
१०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामरासहितको रियलमी सि ५३ ले फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरू एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ । यस सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेरा र सबैभन्दा ठूलो क्यामरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्सड हाइलाइट र स्याडोज तथा डिप टेक्सचर शटहरू प्रदान गर्दछ ।
१८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५३ मा शक्तिशाली ५ हजार एमएएचको विशाल ब्याट्री राखिएको छ । जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या नहुने कम्पनीले जनाएको छ ।
रयलमी सि ५१ मा आउने ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले यो फोन २८ मिनेटमा नै ०–५०% सम्म चार्ज हुनसक्ने कम्पनीले जनाएको छ । १२८ जिबीको स्टोरेज भएको यो फोनमा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस रहेको छ । ४ जिबीको बिल्ट–इन र्यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी र्याम बढाउन पनि मिल्छ ।

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर

प्रतिक्रिया