बाँदर नियन्त्रण गर्न वडाले रुख् काट्ने अभियान चलाएपछि पोखराका मेयरको आपत्ति

काठमाडौँ - पोखरा महानगरपालिका १९ का वडा अध्यक्षले 'मेरो रुख म काट्छु' अभियान संचालन गरेका छन् । उनले सोमबार एक सूचना जारी गर्दै बाँदर नियन्त्रण गर्न सो अभियान संचालन गरेको बताएका छन् ।
'प्रदेशको नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको हुँदा आजकै मितिले १० दिनभित्र 'मेरो रुख म काट्छु' भन्ने अभियान सञ्चालन गरी आफ्नो घर वरपरका सम्पूर्ण रुखहरू कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याइदिन सबै वडावासीलाई अनुरोध गर्दछौं', सूचनामा भनिएको छ ।
पोखराको लामाचौर पुरन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र मानिन्छ वडाध्यक्ष भूपेन्द्र पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ ।
यता, पोखरा महानगरका मेयर धनबहादुर आचार्यले वडाको यो सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'आफ्नो रुख आफै काटौ अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सुचना प्रकासित भएको सन्दर्भमा यस सम्वन्घमा स्थानीय सरकार सँञ्चालन ऐन बमोजिम महानगरपालिकादबाट कुनै निर्णय नभएको ले सो सम्वन्घि कुनै पनि कार्य (रुख काट्ने फाड्ने) नगर्नु नगराउनु हुन सम्वन्घित सबैलाई जानकारी गराईसकिएको छ। भर्म मा नपर्नु हुन अनुरोध छ।'

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया