कोभिशिल्ड खोप उपलब्ध गराइदिन ललितपुरका मेयरको आग्रह

काठमाडौँ : ललितपुर महानगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड-१९ विरुद्धको 'कोभिशिल्ड' को दोस्रो डोज खोप उपलब्ध गराइदिन आग्रह गरेको छ ।महानगरपालिका भित्र रहेका ११ हजार ५ सय नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ख्याल राखी खोप माग गरेको हो ।
महानगरका प्रमुख चिरीबाबु महर्जनका अनुसार पहिलो डोज लगाएकाहरूको समय सीमा सकिएको छ । पहिलो डोज खोप लगाएकालाई अबिलम्ब कोभिसशिल्ड खोप लगाउनुपर्ने उनको भनाइ छ ।
सरकारले खोप उपलब्ध गराउन नसक्ने भए महानगरले आफैँ खरिद गर्ने उनले जानकारी दिए । 'खोप खरिदका लागि अनुमति दिनुपर्छ,' महर्जनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
महानगरले जेठ १६ गते गरेको पत्राचारमा अहिलेसम्म त्यसको केही जानकारी उपलब्ध नगराएको उनले बताएका छन् । महर्जनले खोप उपलब्ध गराइदिन मुख्यमन्त्री तथा मन्त्रिपरीषद्को कार्यालयलाई समेत जानकारी गराएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया