आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

रुखले थिच्दा दाउरा काट्न गएकी महिलाको मृत्यु

प्रतिकात्मक तस्बिर

म्याग्दी - म्याग्दीमा रुखले थिच्दा एक महिलाको मृत्यु भएको छ । 

मंगलबार रघुगंगा गाउँपालिका–३, मौवाफाँट फुलबारीमा दाउरा काट्ने क्रममा ढालेको रुखले थिचेर ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।