कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष

काठमाडौँ- सत्ता गठबन्धन दलले राष्ट्रिय सभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक विषय भएको जनाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धन दल बैठकले राष्ट्रिय सभा निर्वाचनको परिणामाका विषयमा प्रारम्भिक छलफल गर्दै कोशी प्रदेशमा भएको भोट क्रस गम्भीर चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले कोशी प्रदेशमा सत्तापक्षीय दलको एक सिट गुमाएको विषय र अन्य प्रदेशको नतिजाका विषयमा छलफल भएको जानकारी दिए ।
कोशी प्रदेशको नतिजाका आधारमा गठबन्धनभित्र कुनै प्रतिकूल प्रभाव नपार्ने उनले बताए । कोशीको विषय प्रधानमन्त्री वा कांग्रेस सभापतिको मात्रै नभएर गठबन्धनका सबैको सरोकारको विषय भएको भन्दै उनले यसमा कसैलाई दोष दिन नहुने उल्लेख गरे ।
राष्ट्रिय सभाका अध्यक्ष चयनका विषय, राजनीतिक एजेण्डालगायतका विषयमा पछि छलफल हुने लेखकले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया