सहकारी समस्या समाधानकाे ‘आइडिया’ चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहाेस् : रवि लामिछाने

काठमाडाैँ- पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले सहकारी समस्या समाधानकाे कामलाई महत्व नदिएकाे आराेप लगाएका छन् ।
आज (मंगलबार) काठमाडाैँकाे स्वयम्भूमा आयाेजित रास्वपा कर्णालीकाे चियापान कार्यक्रममा बाेल्दै रविले गृहमन्त्रीले नै सहकारी समस्या समाधानका लागि काम गर्नुकाे साटाे आफूलाई दु:ख दिने काम गरेकाे आराेप लगाएका हुन् ।
‘यदि सरकारले अथवा गृहमन्त्रीज्यूले साँच्चै याे सहकारी पीडितका लागि न्याय दिनुपर्याे, सहकारी पीडितहरूका लागि काम गर्नु पर्याे, यी सहकारीबाट भागेकाहर"लाई समातेर भए पनि यिनकाे सम्पत्ति अहिलै कब्जा गरेर, कानुन ल्याएर, अध्यादेश ल्याएर सप्पै पीडितलाई बाँड्नु पर्याे भनेर लागिपरेकाे भए अहिलेसम्म कयाैँ पीडितहरूले पैसा पाइसक्थे, केही न केही सुरुवात हुन्थ्याे,’ लामिछानेले भने, ‘तर, उहाँकाे ध्यान त यल्लाई चाहिँ छाेड्नु भएन, केही भेटिन्छ कि यता खाेज्नुस् त्यहाँ खाेज्नुस् भेटिन्छ कि भनेर यति समय धाउनु भयाे ।’
उनले यति समय सरकारले पीडितहरूलाई न्याय दिने, पीडितहरूकाे पैसा फिर्ता दिने, त्यसका लागि एउटा चुस्त कार्यदल बनाउने, याेग्य क्षमतावान मान्छेहरू राख्ने र राज्यले काम गर्ने गरेकाे भए पीडितहरूले न्याय पाइसकेकाे हुने बताए । ‘मेराे लागि खर्चिएकाे समय पीडितका लागि खर्चिएकाे भए पीडितलाई न्याय दिन सकिन्थ्याे,’ रविले भने, ‘अझै पनि आडिया चाहिन्छ भने सम्पर्क राख्नुहाेस् हामी भन्दिन्छाैँ । सहकार्य गर्ने हाे भने हामी तयार छाैँ।’
उनले पूर्वउपप्रधानमन्त्रीलाई समाउने सरकारले जिबी राईलाई किन समात्न नसकेकाे भन्दै गृहमन्त्रीलाई प्रश्नसमेत गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया