स्वास्थ्यकर्मीको भेषमा अस्पतालमा घुसेर इजरायली सेनाले मारे प्यालेस्टाइनी

गाजा- गाजामा जारी इजरायल–हमास युद्ध समाप्त भएको छैन । तर, पछिल्लो घटनामा इजरायली सेनाले डाक्टरको भेषमा पसेर वेस्ट बैंकको एक अस्पतालमा तीन जनाको हत्या गरेको छ । इजरायली सैनिकहरूले डाक्टरको भेषमा आएकाहरूले आतंकवादी हमलाको योजना बनाएको बताएका छन् ।
इजरायली कमाण्डोहरूले कब्जा गरेको वेस्ट बैंकको जेनिनस्थित इब्न सिना अस्पतालमा तीन जनालाई मारेका थिए र उनीहरूले आतंकवादी आक्रमण गर्ने योजना बनाएका थिए । यी इजरायली कमाण्डोहरू स्वास्थ्यकर्मी र सर्वसाधारणको भेषमा अस्पतालमा प्रवेश गरेको प्यालेस्टाइनी मिडियाले जनाएका छन् ।
प्रहरी र सेनाका अनुसार यीमध्ये दुई जना हालैका हिंसात्मक घटनामा संलग्न रहेको बताइएको छ । उही समयमा हमासले यस विषयमा भनेको छ कि अस्पतालमा हत्याहरू गाजादेखि जेनिनसम्म हाम्रा मानिसहरूविरुद्ध कब्जा चलिरहेको अपराधको निरन्तरता हो ।
सिसिटिभी अनलाइन प्रसारणले झण्डै एक दर्जन गुप्त सैनिकहरू तीन जना महिलाको लुगा लगाएका र दुई जना मेडिकल स्टाफको लुगा लगाएर राइफल लिएर जेनिनको इब्न सिना अस्पतालको कोरिडोरमा हिँडिरहेको देखिएको छ । यद्यपि यो फुटेजको पुष्टि हुन बाँकी छ ।
इजरायली सीमा प्रहरीले बलको गुप्त इकाईले गरेको कारबाहीमा तीन प्यालेस्टिनी बन्दुकधारी मारिएको जनाएको छ । सेनाले तीमध्ये एक हमास सदस्यको रूपमा पहिचान गरेको छ । जसको बारेमा भनिएको छ- ‘अक्टोबर ७ मा भएको नरसंहारबाट प्रेरित भएर आक्रमण गर्ने योजना बनाइरहेका थिए ।’ तर, स्वास्थ्यकर्मीको भेषमा सैनिक पठाएको हमासका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।
हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेको थियो । यसपछि इजरायलले जवाफी कारबाही गर्दै हमासमाथि हमला जारी राखेको छ । यसपछि वेस्ट बैंकमा हिंसा बढ्यो जुन अझै जारी छ ।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया