शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

न्यायाधीश मरासेनीको शोकमा अदालत बन्द हुने

काठमाडौँ- उच्च अदालत पाटनका न्यायाधीश मातृका प्रसाद मरासेनीको निधनमा उच्च अदालत पाटन र मातहतका जिल्ला अदालतहरूमा शोक विदाको रूपमा बन्द भएका छन् । आज सर्वोच्च अदालतमा बसेको आकस्मिक पूर्ण बैठकले शोक विदाको रूपमा बन्द रहने निर्णय गरेको हो ।

हृदयघातले मरासेनीको मंगलबार निधन भएको थियो । हृदयघात भएपछि कलंकीको नेशनल अस्पताल पुर्‍याइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको थियो ।