शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

मुस्ताङको शिन्तामणि रिसोर्ट विश्वकै उत्कृष्ट होटलको सूचीमा

फाइल फोटो

काठमाडौँ - मुस्ताङको शिन्तामणि मुस्ताङ रिसोर्ट विश्वकै उत्कृष्ट होटलको सूचीमा परेको छ। नेशनल जोग्राफिकले विश्वका उत्कृष्ट र मन परेका होटलहरूको सूचीमा मुस्ताङको  शिन्तामणिलाई राखेको हो । यो एसियाको पहिलो नम्बरमा परेको छ । 

मुस्ताङको जोमसोममा सञ्चालित मोक्ष रिसोर्टको व्यवस्थापन शिन्तामणिले गरेसँगै सन् २०२४ का लागि विश्वकै उत्कृष्ट र मन पराइएको होटलको सूचीमा पर्न सफल भएको छ । 

नेशनल जोग्राफीले घुम्न र प्रकृति तथा पर्वतसँग रमाउन चाहनेहरूका लागि सो होटल सिफारिस गरेको छ।